चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ केन्द्रीय सदस्यमा पराजित भएका छन् । पराजित भएपछि उनले भनेका छन्, ‘आठ जना छनौट हुनेमा म नवौँ नम्बरमा परेँ, थोरै मत पुगेन ।’ उनले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा शेखर कोइराला प्यानलबाट उमेदवारी दिएका थिए ।
उनले भने, ‘मलाई मत दिनुहुने तथा मत नपुगेर मन मात्रै दिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ उनले पार्टी भित्रको निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको रुपमा ग्रहण गर्दै यो अधिवेशनलाई सिकाईको रुपमा लिएको बताए । उनले पहिलो पटक केन्द्रीय सदस्यमा उमेदवारी दिएका थिए । उनले सबैको सहयोग र समर्थन गर्नुहुने सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।
आदिवासी जनजातितर्फ निर्वाचित भएका आठभित्र उनी परेनन् । चितवनका सांसद उमेश श्रेष्ठ दुई नम्बरमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा अन्तिमतिर निर्वाचित भएका श्रेष्ठ केन्द्रीय सदस्यमा दोस्रोमा निर्वाचित भए । चितवनका टेकप्रसाद गुरुङ आठौँ नम्बर अर्थात् अन्तिम नम्बरमा निर्वाचित भए । चितवन सभापति जीतनारायण भने नवौँ नम्बरमा परेर पराजित भए ।

