चितवन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चितवनका पाँच जनामध्ये ३ जना शेरबहादुर देउवा पक्षका छन् । दुई जना शेखर कोइराला पक्षबाट निर्वाचित भएका हुन् ।
राज्यमन्त्रीसमेत रहेका चितवनका सांसद उमेश श्रेष्ठ, अञ्जनी श्रेष्ठ र शान्ति परियार विक देउवा पक्षबाट निर्वाचित भएका हुन् । यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भएका टेकप्रसाद गु्रुङ र दिनेश कोइराला शेखर कोइराला प्यानलबाट निर्वाचित भएका हुन् । कांग्रेसमा चितवनबाट केन्द्रीय सदस्य बनेका यी पाँच नेताले इतिहास रचेका छन् । यसअघि ७० वर्षको इतिहासमा कांग्रेसमा चितवनले कहिल्यै केन्द्रीय सदस्य पाएको थिएन ।

