चितवन । चितवनको राप्ती नगरपालिका वडा न ९ को मिलबजार स्थित एक युबा माथी जातिय गालीगलौज गर्दै कुटपिट भएको छ ।
स्थानीय कल्पना परियार हिजो सोमबार आफ्नो बाटो हिड्दै गर्दा छिमेकी सेते नाम गरेका ब्यक्तिले जातिय गाली गलौज गर्दै अभद्र व्यबहार गरेको र त्यसपछिको विवादमा श्रेष्ठको छोरा राजकुमार श्रेष्ठ आइ आफ्नो छोरा माथी कुटपिट गरेको बताउनुभयो। कुटपिटबाट आफ्नो छोरा अमृत परियारको हातको कुमको जोर्नी भाचिएको परियारले जानकारी दिनुभयो ।
यो कुरा नौलो नभएको भन्दै ,बिगतको दिनमा पनि श्रेष्ठले परियारको परिबारमाथि अनाबश्यक गाली गलौज गर्ने , धम्की दिने गरेको स्थानीय सिताराम परियारले जानकारी दिनुभयो ।
त्यस घटना प्रति आफ्नो ध्यानाकर्षण भन्दै राप्ती नगरपालिकाकि कार्यपालिका सदस्य आइतिदेबि दराइले पनि निन्दा गर्नुभयो । कार्यपालिका सदस्य दराइले घटना क्षमा गर्न नसकिने खालको भएको बताउनुभयो । यसैबिच राप्ती नगर स्तरिय दलित समन्वय समितिले पनि घटनाको भत्सर्ना गर्दै दोषी उपर सजायको माग पनि गरेको छ ।
मंगलबारनै पीडित कल्पना परियारले श्रेष्ठ बाबुछोराको नाममा इलाका प्रहरी कार्यलय भण्डारामा उजुरी दर्ता गर्नुभएको छ । र,हाल घाइते परियारको भरतपुर स्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।