चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फ मतगणना अन्तिम चरणमा पुगेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आदिवासी जनजातितर्फ खुला र महिला सदस्यको नतिजा आउन बाँकी छ । आदिवासी जनजातितर्फ चितवनका तीन नेता शीर्ष ९ स्थानमै कायमै छन् ।
हालसम्म ३ हजार २ सय मत गन्दा चिनकाजी श्रेष्ठले अग्रता लिएका छन् । उनीबाहेक उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, आङगेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ र जितनारायण श्रेष्ठ शीर्ष ९ भित्र समेटिएका छन् । केहीबेरमा मत परिणाम आउने बताइएको छ ।

