चितवन। पूर्वी चितवनको टिकौलीचौरमा रत्ननगर महोत्सव २०७८ को ११ औँ संस्करण पौष २७ देखि माघ ८ गतेसम्म हुने भएको छ। रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पुस २७ देखि माघ ८ गते सम्म महोत्सवको ११ औं संस्करण हुने भएको हो ।
रत्ननगर महोत्सव २०७८ मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राट्रिय, अन्तराष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने मूल आयोजक समिति रत्ननगर महोत्सव २०७८ को संयोजक अनिल कृष्ण श्रेष्ठले बताए । श्रेष्ठले करिब ३ लाख जनाले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिए । बृहत व्यवसायिक कृर्षि प्रर्दशनी तथा प्रतियोगितासंगै चितवनमा प्रबल सम्भवना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको महोत्सवमा करिब १५ करोड खर्च अनुमान गरिएकोे श्रेष्ठले बताए । साथै उनले, विगतका बर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने जानकारी दिए ।
त्यस्तै, रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको बारेमा जानकारी दिन आज सौराहा स्थित होटल सेभेन स्टारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्तव्य राख्दै रत्न्नगर नगरपालिकाकी उपमेयर विमला दवाडीले अन्य महोत्सवमा भन्दा नयाँ कुरा ल्याउन सकिए मात्र भरतपुर लगायत अन्य स्थानबाट मानिस रत्ननगर महोत्सवमा आउने बताइन् । साथै उनले, कलाकारहरुको प्रसङमा बोल्दै पुरानो कलाकारहरु भन्दा नयाँ र बाल कलाकारहरु ल्याउन सुझाव दिइन् ।

विगतमा जस्तै महोत्सव अन्तर्गत पौष २९ देखि माघ ३ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा विभिन्न जनजातिहरुको विशेष खाना, मासुका विशेष परिकार सहित चौथौँ पटक चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको रत्ननगर महोत्सवको मूल आयोजक समितिले जनाएको छ । त्यस्तै, यस पटक महोत्सवमा पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको र विभागिय टोलीको पनि सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने विद्यार्थीलाई २५ रुपैयाँको टिकट राखिएको छ। जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकले आफ्नो परिचय पत्रको आधारमा निःशुल्क महोत्सव अवलोन गर्न सक्ने आयोजकले जनाएको छ।

