चितवन। नेपाली कांग्रेसको आदिवासी जनजाति खुला तर्फको मतगणना यतिबेला चलिरहेको छ । हालसम्म १ हजार ५ सय मत गणना भइसकेको छ । हालसम्मको मतगणनाअनुसार चितवनका तीन नेता शीर्ष ९ भित्र परेका छन् । उनीहरुले जित्ने सम्भावना बनेको छ ।
चितवनका सांसद उमेश श्रेष्ठ दोस्रो स्थानमा छन् । सुरुदेखि नै उनको दोस्रो स्थान कायमै छ । श्रेष्ठले उनले ७ सय ८३ मत ल्याएका छन् । पहिलो हुने चिनकाजी श्रेष्ठले ८ सय ४१ मत प्राप्त गरेका छन् ।
आठौं स्थानमा ५ सय ८८ मत ल्याउन सफल भएका चितवनका टेकप्रसाद गुरुङ छन् । ५ सय ६८ मत ल्याएर चितवनकै जीतनारायण श्रेष्ठ नवौ स्थानमा रहेका छन् । आदिवासीतर्फ केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् । चितवनका ३ नेता ९ जनाभित्र परेका हुनाले जित्ने सम्भावना बलियो बन्दै गइरहेको छ ।

