चितवन । नेपाली कांग्रेस आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यको मत गणना भइरहेको छ । आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यको चुनावी मैदानमा चितवनका तीन नेता छन् । खुला नौ सिटका लागि भएको निर्वाचनमा चितवनका तीन नेता हालसम्मको मत परिणामअनुसार अघिअघि छन् ।
एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मत ल्याएर पहिलो भएका छन् भने । चितवनका सांसद तथा हालका राज्यमन्त्री उमेश श्रेष्ठ ४६७ मत ल्याएर दोस्रो स्थानमा छन् । चितवनका पूर्व जिल्लासभापति टेकप्रसाद गुरुङ ३४३ मत ल्याएर नवौँ स्थानमा छन् । चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठ ३३१ मत ल्याएर दसौँ स्थानमा छन् । पछिल्लो मत परिणामअनुसार चितवनका तीन नेता व्याक हटेका छैनन् ।
हेर्नुहोस् मत
१ चिनकाजी श्रेष्ठ– ५०१
२ उमेश श्रेष्ठ– ४६७
३ टेकबहादुर गुरूङ– ४४४
४ बहादुरसिंह लामा– ४३९
५ दिलमान पाख्रिन– ४०९
६आङगेलु शेर्पा– ३९४
७ तारामान गुरुङ– ३९१
८ ओम बहादुर घर्ती– ३४६
९ टेक प्रसाद गुरुङ– ३४३
१० जितनारायण श्रेष्ठ– ३३१
११ महादेव गुरुङ– ३१६

