चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट इ–पासपोर्ट लिनेले आजबाट अनलाइनमार्फत फाराम भर्न सक्ने भएका छन् ।
घरमै बसेर मोबाइलबाट अनलाइन फाराम भरेर इ–पासपोर्टको मिति लिन सकिने चितवन प्रशासनले जनाएको छ । प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार इ–पासपोर्टको लागि अनलाइन फाराम खुला भइसकेको छ ।
फाराम चितवन प्रशासन कार्यालयमा र अनलाइन फाराम भर्ने सेवा दिने पसलमा पनि पाइनेछ । शर्माले भने, ‘जो जहाँ रहे पनि नेट भएको ठाउँबाट अनलाइनमार्फत फाराम भर्न सकिन्छ । इ–पासपोर्टको लागि १५ दिनपछिको मिति लिन सकिन्छ ।’


