चितवन । नेपाली काँग्रेस केन्द्रीय सदस्य पदको आदिवासी जनजातितर्फ मतगणना भइरहेको छ । हालसम्मको मतगणनाअनुसार चितवनका उमेश श्रेष्ठ दोस्रो स्थानमा अएका छन् । चितवनका कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ ११ औँ स्थानमा छन् ।
४०४ मत गन्दा चिनकाजी श्रेष्ठले अग्रता लिइरहेका छन् । चिनकाजी श्रेष्ठले २२१ मत प्राप्त गरेका छन् भने उमेश श्रेष्ठले २१० मत प्राप्त गरेका छन् ।
त्यस्तै,टेकप्रसाद गुरुङले १३४ मत प्राप्त गरेका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा अहिले मतगणना जारी छ ।
अहिलेसम्म कसको कति मत ?
चिनकाजी श्रेष्ठ २२१
उमेश श्रेष्ठ २१०
टेक बहादुर गुरुङ २०१
बहादुरसिंह लामा तामाङ १९४
दिलमान पाख्रीन १८७
तारामान गुरुङ १७४
आङ्गेलु शेर्पा १७४
ओम बहादुर घर्ती थापा १६२
टेकप्रसाद गुरुङ १३४
महादेब गुरुङ १२५
जितनारायण श्रेष्ठ १०६
नगेन्द्र कुमाल ९८
तुलसी सुब्बा ९६
वीरबहादुर राना ९४
नरबहादुर पुन ८८
नरेन्द्रकुमार केरुङ्ग ८२
आङ्गछिरिङ्ग शेर्पा ३९
नवराज गुरुङ ३२
आदित्य प्रकाश प्रधान ३०

