चितवन । प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरी टोलीले नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न रहेका पाँच वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जुगेडीबाट एउटा जेसिबी र दुई वटा टिप्पर नियन्त्रणमा लिइएको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलीले दुई वटा टिप्पर रामनगर क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

