चितवन । जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्टको लागि अनलाइन फाराम खोलेको छ । घरमै बसेर मोबाइलबाट अनलाइन फाराम भरेर इ–पासपोर्टको मिति लिन सकिने चितवन प्रशासनले जनाएको छ ।
फाराम चितवन प्रशासन कार्यालयमा र अनलाइन फाराम भर्ने सेवा दिने पसलमा पनि पाइनेछ । प्रशासनले भोलि बुधबारबाट अनलाइन फाराम उपलब्ध गराउने गरी तयारी गरिरहेको छ ।

