चितवन। चितवनमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबिस घण्टामा जिल्लाका विभिन्न अस्पतालमा १५ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ६ जना, भरतपुर अस्पतालमा १ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना गरी १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका १ जना रहेका छन् भने अन्य १४ जना जिल्ला बाहिरका रहेका छन् ।