चितवन । कोरोनाको महामारीलाई लक्षित गरी सोमबार खैरहनीमा रक्तदान कार्यक्रम गरिएको छ। नेकपा (एमाले) नेपाल समूह निकट युवा संघ नेपाल खैरहनी नगर कमिटीले आयोजना गरेको कार्यक्रममा तीनजना महिलासहित ५४ जनाले रक्तदान गरेका नगर कमिटीका अध्यक्ष कुमार थापा मगरले जानकारी दिए।
उनले कोरोना महामारीको बेला जिल्लामा हुन सक्ने रक्तअभावलाई मध्यनजर गरी रगत संकलन गरिएको बताए। नेकपा एमालेका जिल्ला सदस्य तथा खैरहनी इन्चार्ज हीराबहादुर गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव प्रकाश ढुंगानाले मन्तव्य राखेका थिए।
खैरहनीमा नेकपा (एमाले) माधब नेपाल समूह निकट युवा संघको रक्तदान
खैरहनीमा नेकपा (एमाले) माधब नेपाल समूह निकट युवा संघको रक्तदान
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु