चितवन । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीमा चितवनबाट उठेका दुई नेता पराजित भएका छन् । चितवनका नेता रामचन्द्र अधिकारी सचिव पदमा उठेका थिए । उनी ७८ मत ल्याएर पराजित भएका छन् । सो पदमा जित्ने इन्द्रबहादुर थिङले १४९ मत ल्याएका छन् ।
त्यस्तै सहसचिवमा उठेको चितवनका द्रोणबाबु सिवाकोटी ४२ मत ल्याएर सहसचिवमा पराजित भएका छन् । बागमती कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।
त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेका थिए । तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भइन् ।
हेर्नुहोस (मत परिणाम)



