चितवन । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रध्यापक तीर्थ खनियाँ पनि उमेदवार भएका थिए । शेखर कोइरालाको प्यानलबाटबाट उनी उमेदवार भएका थिए । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सुचीमा उनी ४१ औँ नम्बरसम्म पुगे । जुन सुचीमा ३५ जनाभन्दा बढी अटाउन सकेनन् । ९९ जना उमेदवारमा ३५ जना निर्वाचित भएका हुन् । सबैभन्दा कम मत ल्याएर निर्वाचित हुनेले १७०७ मत ल्याएका छन् ।
खनियाँले १ हजार ४ सय ८२ मत प्राप्त गरे । ९९ जनामा ४१औं नम्बरबाट माथि उठ्न सकेनन खनियाँ । चितवनबाट महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले निर्वाचित भएका खनियाँ केन्द्रीय सदस्यमा पछारिए । चितवनका अर्का युवा नेता दिनेश कोइराला निर्वाचित भए । उनी १७८१ मत ल्याएर ३५ भित्र पर्न सफल भए ।

