चितवन । चितवनका बौद्धिक नेता प्राडा तीर्थ खनियाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी निर्वाचित ३५ जनाभित्र परेनन् । उनी शेखर कोइराला पक्षबाट खुला केन्द्रीय सदस्यमा उमेदवार बनेका थिए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति भइसकेका खनियाँको हारलाई चितवनका कतिपय कांग्रेस नेताले अस्वभाविक मानेका छन् । ‘खनियाँजस्ता बौद्धिक नेताले जित्नपर्ने थियो, तर भनेर भएन । उहाँको हारलाई अस्वभाविक मानिएको छ’ चितवनका एक कांग्रेस नेताले भने । ३५ नम्बरमा निर्वाचित भएका कृष्णकिशोर घिमिरे १७०७ मत छ । खनियाँलाई ३५ भित्र पर्ने मत पनि आएन । खनियाँ मात्र होइन, अन्य बौद्धिक नेता डा सुरेशचन्द्र चालिसे, शंकर तिवारीलगायतका वौद्धिक नेता पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

