चितवन । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म ३५९५ मतगणना सकिएको छ । चितवनका कांग्रेसका युवा नेता दिनेश कोइराला पहिलेको तुलनामा केही माथि उक्लिएका छन् र चितवनका बौद्धिक नेता तीर्थ खनियाँ पनि केही उकालो चढेका छन् ।
३५९५ मतगणना हुँदा दिनेश कोइरालाले १३ सय ९४ मत ल्याएर २८ नम्बरमा उक्लिएका छन् । यसअघिको मतगणनामा उनी ३२ र ३० नम्बरमा थिए । प्राडा तीर्थराज खनियाँ पनि माथि चढेका छन् । खनियाँले ११ सय ३९ मत ल्याएर ४० नम्बरमा उक्लिएका छन् । यसअघि खनियाँ ४३ नम्बरमा रहेका थिए ।
सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।

