चितवन । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल (प्याब्सन) चितवनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । कीर्तिनिधि अर्याल अध्यक्षतामा २१ सदस्यीय समिति बनेको छ । शनिबार भरतपुरमा भएको १५ औँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।
समितिको वरिष्ठउपाध्यक्षमा सीताकुमारी रिजाल, उपाध्यक्षमा हरिप्रसाद अधिकारी, भानुभक्त अर्याल, सचिवमा मदन पुरी कोषाध्यक्षमा विष्णुमणि लामिछाने, सहसचिवमा शारदा ढकाल र अमृत मल्ल सदस्यहरुमा खुलातर्फ होमबहादुर थापा क्षेत्री, विष्णुहरि अधिकारी, जीवन महतो, भीमराज कँडेल, बुद्धिराज चापागाई, सदस्यमा भुगोलतर्फ कमलप्रसाद सापकोटा, नीम भुजेल, धु्रवराज सुवेदी, राजेन्द्रप्रसाद सिलवाल, तुल्सीराम पाण्डे, राम थापा, नवराज सुवेदी चयन भएका छन् ।

