चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि एकद्वार प्रणालीबाट आर्थिक सहयोग गर्न आग्रह गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामको लागि भन्दै व्यक्ति तथा विभिन्न संघसंस्थाहरुले आफूखुसी रकम संकलन गरिरहेका गुनासो आएकोले सहयोग गर्न चाहनेहरुले सरकारले तोकेको माध्यमबाट मात्रै एकद्वार प्रणालीमार्फत सहयोग गर्न अनुरोध गरेको हो।
सहयोग गर्न चाहने जोकसैले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखाको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गरिदिन पनि प्रशासनले आग्रह गरेको छ।
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि एकद्वार प्रणालीबाट आर्थिक सहयोग गर्न आग्रह
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि एकद्वार प्रणालीबाट आर्थिक सहयोग गर्न आग्रह
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु