चितवन । नेपाली कांग्रेसको शनिबार बिहानदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना सानेपामा भइरहेको छ। खुला केन्द्रीय सदस्यका लागि खसेकोमध्ये करिब आधा अर्थात् २३९३ मत गनेर सकिएको छ । २३९३ मत गणना हुँदा चितवनका नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले ९२५ मत ल्याएका छन् ।
यस्तै, केन्द्रीय सदस्यमै उमेदवार दिएका चितवनका अर्का बौद्धिक नेता प्राडा तीर्थ खनियाँले ७८० मत ल्याएका छन् ।
खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा चुन्न भएको प्रतिस्पर्धामा ९९ जना सहभागी छन्। चितवनका खनियाँ र कोइराला ३५ भित्र पर्न सक्छन् कि सक्दैनन् आधा मतगणनामै आंकलन गर्न सकिएको छैन ।
अहिलेसम्मको परिणाममा शशांक कोइराला (१९७१) पहिलो नम्बरमा र एनपी साउद (१५३८) दोस्रो नम्बरमा र गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले १५०७ मत ल्याएर तेस्रो र देउवानिकट अर्का नेता रमेश लेखकले १४५१ मत ल्याएर चौंथोमा रहेका छन्।

