चितवन । नेपाली कांग्रेसका खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । खुला केन्द्रीय सदस्यको मैदानमा चितवनका दुई नेता दिनेश कोइराला र प्राडा तीर्थ खनियाँ पनि छन् । ९८८ मत गणनामा दिनेश कोइराला ३५६ मत ल्याएर ३० नम्बरमा परेका छन् । यस्तै खनियाँ ३०४ नम्बर ल्याएर ४३ नम्बरमा परेका छन् ।
९९ उम्मेदवारमध्ये सबैभन्दा बढी ८१४ मत डा शशांक कोइरालाले पाएका छन् । त्यसपछि एनपि साउद, बालकृष्ण खाँड, शंकर भण्डारी, रमेश लेखक क्रमशः धेरै मत ल्याउनेमा परेका छन् । यस्तै, शीर्ष ३५ मा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर, युवा नेता दिपक गिरी, गुरु बराल, कुन्दनराज काफ्ले, गोविन्दराज पोखरेल, अजय शिवाकोटी पनि परेका छन् ।

