चितवन । राप्रपाको उपाध्यक्षमा विजयी भएपछि पहिलो पटक गृहजिल्ला चितवन आएका विक्रम पाण्डेलाई चितवनका विभिन्न ठाउँमा स्वागत गरिएको छ।
भरतपुरका विभिन्न ठाउँमा पाण्डेलाई स्वागत गरिएको थियो । राप्रपाको एकता महाधिवेशनबाट सर्वाधिक मतसहित उपाध्यक्षमा विजयी भएका पाण्डेलाई चितवन जिल्ला पार्टी कार्यालय रिजाल चोकमा पार्टीले स्वागत गरेको छ।

यस्तै, उपाध्यक्ष पाण्डेलाई चितवनको चनौलीमा बजारमा पनि स्वागत गरिएको छ । चनौली बजार ब्यवस्थापन समितिले स्वागत तथा बधाई कार्यक्रम नै राखेर उपाध्यक्ष पाण्डेको जयजयकार गरेको थियो ।
चनौली बाजार व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा भएको कार्यक्रममा बाजागाजासहित उपाध्यक्ष पाण्डेलाई स्वागत गरिएको थियो । यस्तै, गीतानगर बजारमा पनि पाण्डेलाई स्वागत गरिएको छ । भोलि आइतबार माडीका विभिन्न कार्यक्रममा पाण्डेको स्वागत गरिने बताइएको छ ।



