चितवन। नेकपा माओवादी केन्द्रको भातृ संगठन (वाइसियल) योङ्ग कम्युनिस्ट लिग चितवन कोभिडविरुद्ध सक्रिय देखिएको छ। लकडाउन को यस समयमा पनि वाइसियल चितवन बिरामी बचाउन चिकित्सकको टोलि सहित बिरामीकै घर घरमा पुगेको छ।
भरतपुर महानगरपालिका वडा न.१ रामनगरमा महानगर को समन्वयमा आफ्ना वडाबासीहरुका लागि आपतकालीन सहयोग कक्षको साथै अक्सिजन सहितको अटो तथा एम्बुलेन्स सेवा पनि उपलब्ध गरिरहेको छ। वाइसियलले कोही पनि आम मानिस सुरक्षित र समुचित स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भनि रामनगरमा सहयोग कक्ष सहितको मेडीकल परामर्स कक्ष, रक्तदान सेवा समेत ब्यवस्था गरेको हो।
महामारीको यो अतिनै जटिल समयमा कोही पनि स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस्, रगत अभाव वा औषधीको अभावमा कसैले ज्यान गुमाउन नपरोस् र आपतकालिन समस्यामा परेकाहरूको लागि सहयोग तथा उद्धार कार्य गर्न सकियोस भन्ने लक्ष्य सहित यो अभियानको सुरूवात गरिएको वाइसियल चितवनले जनाएको छ।
अस्पतालमा बिरामी राख्ने बेड पनि पाउन गाह्रो भएपछि वाइसियल चितवन जिल्ला अध्यक्ष मधु न्यौपाने सहितको टिम नि:शुल्क बिरामी को सेवामा चिकित्सक सहितको टोलि जनता को सेवामा उत्रिरहेको हो ।