चितवन । रोटरी क्लब अफ नारायणगढ र बेलायतका दुईवटा रोटरी क्लबहरुले चितवनको माडीस्थित बघौंडा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेका छन्। माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतोमार्फत ठूला क्षमताका पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो।
रोटरी क्लब अफ नारायणगढ र बेलायतको रोटरी क्लब अफ लिमाभाडी एवं रोटरी क्लब अफ लण्डन डेर्रीले पाँचलाख २५ हजार रुपैयाँ मूल्य बराबरका २० वटा सिलिण्डरलाई पुग्ने क्षमतायुक्त पाँच थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेका हुन्। माडी क्षेत्रमा कोरोनाका बिरामीहरु बढ्दै गएको र माडी उपत्यकाकै महत्त्वपूर्ण स्वास्थ्य केन्द्र बघौंडा अस्पतालले संक्रमितको उपचारका लागि छुट्टै आइसोलेसन तथा फिभर क्लिनिक सञ्चालन गरेको सन्दर्भमा सो सहयोग प्रदान गरिएको नारायणगढ रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर ई. गुणेश्वर महतोले जानकारी दिए।
यसैबीच उपमेयर महतोको उपस्थितिमा ई. महतो सम्मिलित पहल नामको गैर नाफामूलक कम्पनीले माडी नगर क्षेत्रमा रहेका ६ वटा एम्बुलेन्सका चालकहरुलाई पिपिईलगायतका सुरक्षा सामग्री सहयोग गरेको छ। एम्बुलेन्स चालकहरुका लागि पिपिई, साबुन, मास्क, स्यानिटाइजर, टुथपेस्ट, ब्रस, ग्लोब्स आदि सामग्री प्रदान गरिएको इन्जिनियर महतोले जानकारी दिए।
माडी बघौंडा अस्पताललाई नारायणगढ रोटरीको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग
माडी बघौंडा अस्पताललाई नारायणगढ रोटरीको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु