चितवन। चितवन चेम्बर अफ कमर्सले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्य नजर गर्दै ‘प्रत्येक घरमा डाक्टर छौँ फोनमा’ नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रममा बिरामीले वरिष्ठ चिकित्सहरुसंग टेलिफोन संवाद गर्न पाउनेछन ।
बिशेषज्ञ चिकित्सकसंग संवाद र परामर्स लिँदा कुनै प्रकारको शूल्क नलाग्ने कायक्रम संयोजक महेश तिवारीले जानकारी दिए । तिवारीका अनुसार यो कार्यक्रम प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । चेम्बर चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार चिकित्सकहरुसंग कोभिड–१९ बाट संक्रमित भएका वा नभएका सबैले परामर्स लिन सक्नेछन । यसबाट चितवन र यस आसपासका नागरिक लाभान्वित हुने चेम्बरको बिश्वास छ । आवश्यक परेमा बिरामीलाई अस्पताल लगेर सहुलियतमा उपचार पनि गराउने पनि जनाइएको छ ।
यस कार्यक्रमका बारेमा बिस्तृत जानकारीका लागि ०५६–५७१४८४ नम्बर फोन गरेर बुझ्न सकिनेछ । चेम्बरले भनेको छ – ‘यो समयमा कसैले पनि उपचार अभावमा अकालमै ज्यान गुमाउन नपसोस।’ महामारीको समयमा कोभिड–१९ बाहेकका दीर्घ रोगीहरु पनि अस्पताल जान डराएर अझै बढि समस्यामा परेको चेम्बरको ठहर छ ।