चितवन। नेपाली काँग्रेस चितवनले संसद बिघटन र चुनाब घोषणाको बिरोध गरेको छ । जिल्ला सभापति जितनाराण श्रेष्ठले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सरकार र रास्ट्रपतिबाट भएका अहिलेका घट्नाक्रमको भत्सर्ना गरिएको हो ।
बिज्ञप्तिमा संविधानको मूल मर्म र भावना विपरित देशी बिदेशी शक्तिको आडमा राष्ट्रपति समेतको मिलेमतोमा प्रधानमन्त्री केपी ओलीले संसद दोश्रो पटक बिघटन गरेको ठहर काँग्रेसले गरेको जनाईएको छ । काँग्रेस चितवन सभापति जितनारायण श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा भनिएको छ “वर्तमानमा कोरोना महामारीसंग एकतावद्ध भएर जुध्नु पर्ने राष्ट्रिय दायित्व बिर्सिएर गरिएको यो घटनाले हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।”
मध्यरातमा भएको घटनाक्रमबाट प्रधानमन्त्री र राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश र तानाशाही बाटो हिड्न खोजेको प्रमाणित भएको सभापति श्रेष्ठको दावि छ । प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदम बिरुद्ध एक हुन सम्पूर्ण राजनीतिक दल, पेशाकर्मी, बुद्धिजिवी, नागरिक समाज, मानव अधिकारकर्मी, उद्योगी व्यवसायी लगायत सम्पूर्णमा कांग्रेस चितवन अपिल गरेको छ ।