चितवन । शैक्षिक परामर्श संस्था ग्रेस इन्टरनेसन एजुकेसन कन्सल्ट्यान्सीले प्रेस युनियन चितवनलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
ग्रेस इन्टरनेशनलका निर्देशक एन्ड्रु पौडेल र नेपाली कांँग्रेसका युवा नेता तारा पौडेलले आज प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र उपाध्यक्ष सूर्यप्रसाद अधिकारीलाई कार्यालयमा आएर उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । ग्रेस इन्टरनेशनलले ५० सेट सहितको सर्जिकल मास्क, एननाइन्टी फाइभ मास्क, पिपिई,सेनिटाइजर लगायतका सामाग्री सहयोग गरेको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण पछि बोल्दै ग्रेस इन्टरनेशनलका निर्देशक पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व स्वरुप समाचार संकलनका लागि अग्रपंत्तिमा खटिने पत्रकारहरुलाई कोभिडको जोखिमबाट बच्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । पौडेलले आगामी दिनमा पनि चितवनका पत्रकारका लागि यस्ता सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । प्रेस युनियन चितवनका अध्यक्ष ढकालले ग्रेस इन्टरनेशलको यो सहयोगप्रति आभार प्रकट गरे । परामर्श संस्थाले आजनै माडीको बघौडा अस्पताललाई पांँचवटा अक्सिजन सिलिण्डर,दुईवटा कन्सन्ट्रेटर, ५० थान पिपिई , हजार थान सर्जिकल मास्क समेत हस्तान्तरण गरेको निर्देशक पौडेलले जानकारी दिए । गतसाल पनि संस्थाले विभिन्न स्थानीय तहका वडाहरुको आइसोलेसन र क्वारेन्टिनको लागि १५ लाख बराबरको सामाग्री सहयोग गरेको थियो । ग्रेस इन्टरनेसनलका देशभर १२ वटा शाखा सञ्चालनमा छन ।
प्रेस युनियन चितवनलाई ग्रेस इन्टरनेशलद्धारा स्वास्थ्य सामाग्री प्रदान
प्रेस युनियन चितवनलाई ग्रेस इन्टरनेशलद्धारा स्वास्थ्य सामाग्री प्रदान
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु