चितवन । नारायणगढको शहिदचोकमा रहेको चितवन हिमाल डेन्टलले उपचारमा विशेष छूट दिएको छ । १८ औँ वार्षिकोत्सवको अवसरमा चितवन हिमाल डेन्टलले हरेक उपचारको सेवामा ३० प्रतिशत छूट दिने भएको छ ।
चितवन हिमाल डेन्टलका सञ्चालक रन्जिता अधिकारीले आज पत्रकार सम्मेलन गरी १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा ३० प्रतिशतसम्म छूट दिने बताइन् ।
डेन्टलका व्यवस्थापक जयराम जोशीका अनुसार पौष १ गतेदेखि १५ गतेसम्म यो सुविधा रहने बताए । चितवनसहित, मकवानपुर, नवलपरासी, धादिङ, तनहुँलगायतका जिल्लाबाट सयौँ बिरामी उपचारको लागि चितवन हिमाल डेन्टलमा आइरहेका जोशीले बताए ।

