चितवन । वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
नेपाली कांग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन । चितवनका घनश्याम दाहाल ‘अविनाश’ मन्त्री बन्ने भएका छन् । उनले कुन मन्त्रालय पाउँदैछन् भन्ने टुंगो लागेको छैन ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल पनि मन्त्री बन्ने भएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने भएका छन् । वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । मन्त्रालय फुटाएर संख्या बढाई १४ बनाइएको छ ।

