काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना यतिबेला चलिरहेको छ। राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा सभापतिका उमेदवार शेरबहादुर देउवाको अग्रता लिइरहेका छन् । हालसम्म ३ हजार ७७ मत गणना भइसकेको छ ।
सभापतिका अर्का उमेदवार शेखर कोइरालालाई देउवाले पछारेका छन् । देउवाको १४६५ मत आएको छ । कोइरालाले ११३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत आएको छ । कल्याण गुरुङले १२ मत पाएका छन् । ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका छन् ।

