चितवन । भरतपुर महानगरपालिका १६ विजयनगरस्थित तोरीबारीमा एउटा भाले गैँडा मरेको अवस्थामा फेला परेको छ । १६ वर्षको गैँडा मरेको नभई मारिएको आशंका गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको र अहिले अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

