चितवन । भरतपुर महानगरपालिका १५ मंगलपुर चोकमा एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्रु सोही ठाउँ बस्ने तुलबहादुर मिङ्मी मगरको आइतबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

