चितवन। नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । बागमती प्रदेशका इन्चार्जमा चितवनका नेता काशीनाथ अधिकारी चयन भएका छन् ।
यस्तै प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।प्रदेश २ मा रघुवीर महासेठ, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट चयन भएका छन् ।

