चितवन। भरतपुर–६ गीतानगरमा रहेको श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि कोरोना राहत कार्यक्रमको घोषणा गरेको छ । कोरोना संक्रमणको विषम परिस्थितीलाई मध्यनजर गर्दै जेष्ठ ७ गतेको नियमित बैठकले आफ्ना सबै सदस्यहरुलाई कोभिड पोजिटिभ देखिएमा राहत स्वरुप दुई हजार र बचत सदस्यहरुलाई एक हजार रुपैया उपलव्ध गराउने भएको हो ।यसैगरि सहकारीले संस्थामा कर्जाको कारोवार गर्दा सबै ऋणी सदस्यहरुको कर्जा वीमा गरी सदस्यहरुलाई आर्थिक जोखिम मुक्त गरिएको अध्यक्ष ध्रुवराज मिश्रले बताउनु भयो । विगतका दिनहरुमा सदस्यहरुका लागि सहकारी अबलोकन, स्वास्थ्य शिविर र तालिमहरुमा जोड दिदै आएको उक्त सहरकारीले यस वर्षवाट सदस्यहरुको आर्थिक जोखिमलाई न्यूनीकरण हुने खालका कार्यहरुमा जोड दिएको संस्थाका सचिव महेन्द्रप्रसाद कोईरालाले बताउनु भयो ।
गत वर्षको कोरोना महामारीमा सदस्यहरुको कोरोना वीमा गराउदा ५० प्रतिशत अनुदान दिएको उक्त संस्थाले आफ्ना सात सय जना शेयर सदस्यहरुलाई ५० हजार रुपैयाको समुहिक दुर्घटना जीवन वीमा युनियन लाईफ इन्स्योरेन्स कम्पनीमा बैशाखमै गराई सकेको छ ।
२०६८ सालमा स्थापना भई गीतानगर, शिबनगर, फुलवारी, मंगलपुर, पटहानी कार्यक्षेत्र रहेको उक्त सहकारीमा हाल झण्डै एक हजार जना शेयर सदस्यहरु रहेका छन् । संस्थावाट ११ किसिमका बचतका प्रकारहरु र ९ किसिमका शिर्षकहरुमा कर्जा दिने गरिएको छ । कर्जा र बचतमा २ देखि ६ प्रतिशतसम्म अन्तर रहेको संस्थाका कोषाध्यक्ष अनुप कोइरालाले जानकारी दिनुभयो ।
देव आदर्श सहकारीद्धारा कोरोना संक्रमति सदस्यलाई राहत दिने घोषणा
देव आदर्श सहकारीद्धारा कोरोना संक्रमति सदस्यलाई राहत दिने घोषणा

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु