चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चितवनका १४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । चितवन कांग्रेसले हालसम्म एक जना केन्द्रीय सदस्य पनि पाएको छैन । यसपटक केन्द्रीय सदस्यको चुनावी मैदानमा १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा दुई जना जनप्रतिनिधि छन् ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले दलबलसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठ आदिवासी जनजातितर्फका उम्मेदवार हुन् । यस्तै, पूर्वसभापति टेकप्रसाद गुरूङले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । नेता रामकृष्ण घिमिरे, भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरी, इच्छाकामना गाउँपालिकाकी प्रमुख गीता गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै, शान्ति परियार, विनु रायमाझी, प्राडा तीर्थराज खनियाँले पनि केन्द्रीय सदस्यमा उम्मेदवरी दिएका छन् । भरत गुरूङ, प्रकाश अधिकारी, दिनेश कोइराला, विष्णुमाया परियारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
यस्तै, साजनकुमार महतो र अन्जनी श्रेष्ठले पनि केन्द्रीय सदस्यमा उम्मेदवार दिएका छन् ।

