भण्डारा । चितवनको राप्ती नगरपालिकाले जनप्रतिनिधिको तलबको २५ प्रतिशत रकम कोरोना कोषमा जम्मा गर्ने भएको छ। नगरको शुक्रबार बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधिको मासिक तलब रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी शिक्षक, कर्मचारीहरुबाट मासिक तलबको २० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय भएको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् । कोभिड विरामीको व्यवस्थापनका लागि नगरले पहल गर्ने र अस्पतालमा आवश्यक सेवा सुविधाको लागि तत्पर रहने निर्णय भएको उनले बताइन् ।
२०७७ चैत २९ गते राप्ती–११ मा दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवार तथा घाइतेहरुलाई सहयोग गर्न नगरबाट १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि भएको छ।