चितवन । एमसिसीको विरोधमा चितवन बन्दको घोषणा गरिएको छ । एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले आज पत्रकार सम्मेलन आयोजना गरी यही मंसिर २८ गते चितवन बन्दको घोषणा गरिएको छ ।
२८ गते संसदको बैठक आह्वान गरिएको दिनमै बन्दको घोषणा गरिएको संघर्ष समितिका सचिव अजिव पौडेलले बताए । उनले चितवन बन्दका लागि १३ दलको समर्थन रहेको दावी गरेका छन् ।
नेपाल र नेपालीको हित विपरीत भएको कारणले एमसिसीको विरोधमा उत्रनु परेको संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए ।

