काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला सभापतिमा उठ्ने भएका छन्। शनिबार दिउँसो नेताहरूबीच ब्यापक छलफलपछि सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो।
प्रकाशमान सिंह सहमतिमा बाधक भएकाले संस्थापन इतर समूहको साझा उम्मेदवार अब शेखर भएको उनको सचिवालयले जनाएको छ। यसअघि यो समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा उठाउने भने पनि अन्तिम समयमा शर्मा अटाएनन्।

