चितवन। चितवनमा थप २०९ जनामा कोरोना पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका १३६ जना सहित अन्य जिल्लाका ७३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
कलेजका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै २ बर्ष देखी ९२ बर्ष उमेर समूका १०५ जनामा कोरोना पुष्टी भएको हो ।यस्तै रत्ननगर नगरपालिकाका १९ देखि ७२ वर्ष उमेर समूका १९ जना, खैरहनिमा २७ बर्ष देखी ६५ वर्ष उमेर समूका ६ जना, कालिकामा ३८ देखि ७९ वर्ष उमेर समूका ३ जना र राप्तीमा २० देखि ६५ वर्ष उमेर समूका ३ जनामा कोरोना देखिएको हो । सोही प्रयोगशालामा अन्य जिल्लाका ७३ जनामा कोरोना देखिएको छ ।