काठमाडौं। नेपाली कांग्रेसले पछिल्लाे ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा संकलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन्।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ।
प्रतिवेदनअनुसार २०७२/०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३/०७४ मा एक करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ । २०७४/०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५/०७६ मा १ करोड ४६ लाख ४० हजार ७०६, ०७६/०७७ मा ६२ लाख २१ हजार ६६१ रकम संकलन भएको छ । २०७७/०७८ मा १ करोड, ३ लाख ४१ हजार ६५८ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ ।
सभापति देउवाको पालमा चन्दासहित दस्तुर तथा नवीकरण, कुपन तथा पब्लिकेसन विक्री र अन्य स्रोतबाट कुल ३१ करोड ९९ लाख ३१ हजार ८५४ रुपैयाँ आन्दानी गरेको छ ।

