हेटौंंडा। राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।
विजयी देवकोटाले प्रदेश सभा र स्थानीय निकाय दुवैतर्फ बादलभन्दा बढी मत ल्याउन सके । मतभार अनुसार खिमलालले ५०८८ र बादलले ४०१४ मत प्राप्त गरे । मतभारमा प्रदेश सांसदको प्रति सांसद ४८ र स्थानीय निकायको प्रति जनप्रतिनिधिको १८ मत हुने प्रावधान छ ।
बादल आजै सर्वोच्च अदालतको आदेशले गृहमन्त्रीबाट पदमुक्त भएका हुन् । उनको यो हारले राजनीतिको अन्य क्षेत्रमा समेत असर पार्ने देखिएको छ ।