चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका जीतनारायण श्रेष्ठले आफ्नो मतदान अपिल पत्र सार्वजनिक गरेका छन् । उनले अपिलमा शान्ति, स्थिरता र विकासमा लाग्ने प्रतिबद्धता गरेका छन् । श्रेष्ठले अपिल काठमाडौँमा मतदाताका माझ अपिल सार्वजनिक गरेका हुन् ।
उनले अपिलमा भनेका छन्, ‘युवाहरुले नेतृत्व लिन सके मात्र पार्टीलाई नवजीवन दिने परिस्थिति निर्माण हुन सक्छ, मेरा लागि यहाँहरुको अमूल्य मत कांग्रेसको भविष्यसँग जोडिएको छ । श्रेष्ठ हाल नेपाली काँग्रेस चितवनको सभापति हुन् । उनको विजयी भए चितवनको पहिलो केन्द्रीय सदस्य हुनेछन् । ७५ वर्षको इतिहासमा चितवनका कुनै नेता नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन सकेका छैनन् ।


