चितवन । अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को कार्यसमिति सदस्यमा चितवनका व्यवसायी गोपाल भट्टटराई निर्वाचित भएका छन् । उनी करण चौधरीको प्यानलबाट सदस्य पदमा निर्वाचित भएका थिए । भट्टराई एक हजार ३६५ मत ल्याएर विजयी भएका हुन् ।
भट्टराई सफल मोटर्स भरतपुरका प्रबन्ध निर्देशक हुन् ।
अध्यक्षमा थापा
नाडाको अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन् । थापाले करण चौधरीलाई ६६ मतान्तरले पराजित गरेका हुन् । प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले कूल एक हजार ४१३ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गरेका थिए ।
कूल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार ४६३, मिलनबाबु मल्ल एक हजार ४६५, राजनबाबु श्रेष्ठ एक हजार ४५७, सुरेन्द्रकुमार उप्रेती एक हजार ४३२, सुनिल रिजाल एक हजार ४०२, अभिक ज्योति एक हजार ३८३, प्रकाश कपुरी एक हजार ३७९, विक्रम सिङ्घानियाले एक हजार ३७१ मत ल्याई विजयी भएका छन् ।
त्यस्तै, नीलमणि पाठक एक हजार ३५४, वरदान बस्नेत एक हजार ३५० र पङ्कज अग्रवालले एक हजार ३३४, निराकर श्रेष्ठ एक हजार ३६४, यमुना श्रेष्ठ एक हजार ३५५, कपिल शिवाकोटी एक हजार ३४८, प्रदीपमान प्रधान एक हजार ३४६ र आकाश गोल्छा एक हजार ३३९ मत ल्याएर विजयी भएका छन् । कूल तीन हजार २०० सदस्य रहेको नाडामा दुई हजार ७८८ मात्र मत खसेको थियो ।

