चितवन । चितवनको फिस्लिङमा कन्टेनरले माइक्रोलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ ख ८६३० माइक्रोलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले ठक्कर दिदाँ माइक्रोमा सवार ६ जना घाइते भएका हुन्।
पृथ्वीराजमार्गको चितवन खण्ड अन्तर्गत इच्छाकामाना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो।
ठक्करपछि असन्तुलित भएको बस सडक छाडेर आडैको मित्र गुरुङको घरमा गएर ठोक्किएको थियो । घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

