चितवन । भरतपुर महानगरपालिकाले भरतपुरमा रहेका अस्पतालमा कोभिडको कारण निधन हुने मृतकहरुको शव व्यवस्थापनको निम्ती पीडित परिवारलाई निशुल्क शववाहन र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
चितवनको देवघाट लगायतका स्थानमा शवको दांहसंस्कार गर्न २८ हजार शुल्क लागेको समाचार आए पछि महानगरको ध्यानाकर्षण भएको भन्दै बुधबार उक्त निर्णय गरिएको हो । शव वाहन निशुल्क उपलब्ध गराउने र दाहसंस्कारको निम्ती आवश्यक पर्ने दाउरा खर्च वापत रु ३ हजार रुपैया दिने निर्णय भएको प्रवक्ता अरुण भण्डारीले जानकारी दिनुभयो ।
यसअघि महानगरले कोभिड १९ बाट मृत्यु भएका परिवारलाई मृतकको अन्त्येष्टिको निशुल्क रुपमा एक्साभेटर दिदै आएको थियो ।