चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ३३ विभागहरू गठन गरेको छ । ३३ विभागहरुमा चितवनका ३४ जना छनौट भएका छन् । संघीय संसदीय विभाग प्रमुखमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् ।
माओवादी केन्द्रको १९ विभागमा चितवनका परेका छन् । कृषि तथा भूमिसुधार विभागमा चितवनका चार जना पर्न सफल भएका छन् भने अन्य विभागहरुमा एक जनादेखि ३ जनासम्म छनौट भएका छन् । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डबाहेक छनौट भएका चितवनका अन्य ३३ जना सदस्यमा छन् ।
विभिन्न विभागमा छनौट भएका चितवनका प्रतिनिधिहरु :
विभाग र नाम
– संघीय संसदीय विभाग प्रमुख : पुष्पकमल दाहाल ‘प्रचण्ड’
– विपद् व्यवस्थापन विभाग, प्रमुख : सूर्य सुवेदी
– निर्वाचन विभाग, सदस्य : द्रोर्णबाबु सिवाकोटी
– कानुन न्याय तथा मानव अधिकार विभाग, सदस्य : अधिवक्ता धर्मराज आचार्य
– प्रचार तथा प्रकाशन विभाग, सदस्य : सुरेशचन्द्र अधिकारी
– जलस्रोत सिंचाइ तथा उर्जा विभाग, सदस्य : मोहनराज पन्त, भरतबहादुर पान्डे
– कृषि तथा भूमिसुधार विभाग, सदस्य : डा थानेश्वर अधिकारी, चित्रबहादुर श्रेष्ठ, डा कृष्ण पौडेल, मित्रराज दवाडी
– उद्योग तथा वाणिज्य विभाग, सदस्य : खिमलाल भण्डारी, भगिरथ तिमिल्सिना
– कोष तथा आर्थिक व्यवस्थापन विभाग, सदस्य : प्रेम बराल, रविन सापकोटा, सुशील घिमिरे
– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सदस्य : नन्दलाल दाहाल, शिव भट्टराई
– विज्ञान तथा प्रविधि विभाग, सदस्य : विनोदखण्ड तिमिल्सिना
– शिक्षा तथा मानवस्रोत विभाग, सदस्य : पूर्णप्रसाद दवाडी
– स्वास्थ्य तथा जनसंख्या विभाग, सदस्य : डा भोजराज अधिकारी, डा कृष्णसागर शर्मा, भावना सुवेदी
– विपद् व्यवस्थापन विभाग, सदस्य : तीर्थराज घिमिरे
– समाज कल्याण विभाग, सदस्य : कुमारी रमा ढुंगाना, डा प्रेम थापा
– सहकारी तथा गरिबी निवारण विभाग, सदस्य : ईश्वरी पाण्डे, नवराज सापकोटा, रमण पाठक
– सहरी विकास विभाग, सदस्य : आकाश थापामगर, रामचन्द्र अधिकारी
– साहित्य कला संस्कृति विभाग, सदस्य : तेजविलास अधिकारी
– स्थानीय तह विभाग, सदस्य : किरण भुसाल, प्रेम दवाडी

