चितवन । गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड मेनेजमेण्टलाई कलेजलाई अन्तर्राष्ट्रिय क्वालिटी एचिभमेण्ट अवार्ड २०२१ प्राप्त भएको छ । मुख्य कार्यालय स्वीजरल्याण्डको लउसानेमा अवस्थित संस्थाले ‘युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले उक्त्त अवार्ड घोषणा गरेको हो ।
आज कलेजले पत्रकार सम्मलेन गरी अवार्डबारे जानकारी दिएको हो । कलेजका प्राचार्य हरि भण्डारीले यस संस्थाले कलेजको पूर्वाधार, शिक्षाको गुणस्तर तथा व्यवस्थापनको मुल्यांकन गर्दै कलेजलाई अवार्ड घोषणा गरेको जानकारी दिए । कलेजले यसअघि पनि विभिन्न विद्या अन्तर्गत झण्डै डेढ दर्जन अवार्डबाट सम्मान प्राप्त गरिसकेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले हालसम्म ९ वटा मेडल मध्ये ६ वटा प्राप्त गरेको उनले जानकारी दिए । अक्सफोर्ड कलेजले यो अवार्डसहित हालसम्म अन्तर्राष्ट्रिय १८ वटा अवार्ड प्राप्त गरिसकेको कलेजका प्रमुख भण्डारीले बताए ।

नेपालमा पनि कलेजले अन्र्तरराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै प्राचार्य भण्डारीले यस अवार्डबाट कलेजले अन्र्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गरेको र विद्यार्थीहरुले विदेश पढ्न जांँदा पनि अलग्गै मान्यता प्राप्त गर्ने गरेको उनको भनाइ छ । यस बर्ष संस्थाले यस कलेजलाई झण्डै तीन महिना अघि छनौट गरे पनि कलेजको १६ जनाको टिम अवार्ड प्राप्त गर्न दुबई स्थित संस्थाले आयोजना गरेको कार्यक्रममा मंसिर २३ गते दुबई प्रस्थान गर्न लागेको छ । कलेजमा दशजोड दुई र स्नातक तह गरी २२ सय विद्यार्थी अध्ययनरत छन् । निजी शैक्षिक संस्था अन्तर्गत सूचना प्रविधि संकायमा नेपालमै पहिलोपटक सञ्चालनमा आएको कलेज हो ।

