चितवन। चितवनकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नो बुहारी मोनिका भट्टराई अधिकारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति गरेकी छन् । मोनिका केही समयअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएकी थिइन् ।
बुहारीलाई नियुक्ति दिएको विषयमा नेपाली कांग्रेस निकट गैरसरकारी संस्थाहरुको संगठन लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ–नेपालले विरोध जनाएको छ । महासंघका महासचिव मनोजकुमार कँडेलले विरोध जनाउँदै मन्त्रीलाई निर्णय सच्याउन ध्यानाकर्षणसमेत गराएका छन् ।
नेपाली कांग्रेस निकट गैरसरकारी संस्थाहरुको संगठन लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ–नेपालले ध्यानाकर्षणपत्रमा भनेको छ, ‘हामी मन्त्रीज्यूको परिवारको सदस्यको योग्यता र क्षमतामाथि प्रश्न उठाइरहेका छैनौँ, हाम्रो मान्यता माननीय मन्त्रीज्यूले नेतृत्व गर्ने मन्त्रालय तथा परिषदमा उहाँको नियुक्ति गर्नु अशोभनीय सुशासन ऐनको भावनाविपरीत लोकतान्त्रिक पद्धतिको प्रतिकुल हुन्छ ।’
ध्यानाकर्षणपत्रमा परिवारका सदस्यहरुलाई आफ्ना मातहतका निकायमा नियुक्त गर्ने कार्यलाई तुरुन्त सच्याउन अनु्रोध गरिएको छ । पत्रमा भनिएको छ, ‘गलत निर्णय नसच्याएको खण्डमा राष्टव्यापी विरोधका कार्यक्रम अगाडि बढाउने व्यहोरा अवगत गाराउँछौँ ।‘
हेर्नुहोस् ज्ञापनपत्र



