चितवन । नेपाल विद्युत प्राधिकरणले चितवन जिल्लामा बिजुली गाडीका पाँच वटा चार्जिङ स्टेशन बनाउने भएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईका अनुसार आगामी वैशाखसम्ममा निर्माण प्रक्रिया सक्काउने गरी चार्जिङ स्टेशन बनाउने काम हुनेछ।
उनका अनुसार चितवनमा पाँच वटा चार्जिङ स्टेसन बन्ने छन्। केन्द्रीय बसपार्कमा दुई, भरतपुरमा एक र मुग्लिन पुल छेउ दुई वटा चार्जिङ स्टेशन वैशाखसम्म तयार हुन्छन् ।

