चितवन। स्काउटका तदर्थ समितिमा चितवन जिल्लाका दुई जना छन् । युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख महेश्वरजङ्ग गहतराजले नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका नवनियुक्त संयोजक, सहसंयोजक तथा सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराए ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री गहतराजले स्काउटका संयोजकसहितको १५ सदस्यीय टोलीलाई शपथ गराए । तदर्थ समितिको संयोजकमा काठमाडौँका रबिन दाहाल छन् । उनलाई प्रमुख आयुक्तको जिम्मेवारीसमेत दिएको छ ।
त्यस्तै, सहसंयोजकमा भोजपुरका राजीव खत्री छन् । उनलाई तालिम आयुक्तको जिम्मेवारी दिएको छ । सङ्गठन आयुक्तको जिम्मेवारी भने सङ्खुवासभाकी बबिता कटुवालले पाइन् । त्यसैगरी अन्य सदस्यमा रौतहटका विजय किशोर झा, भक्तपुरका हरिबहादुर श्रेष्ठ, ललितपुरका केशव महर्जन, सिराहका रामचरित्र ठाकुर, ओलखढुङ्गाका सन्तोषकुमार थापा र चितवनका शिवप्रसाद बराल छन्।
त्यस्तै, अन्य सदस्यमा काभ्रेपलाञ्चोककी रमिला नगरकोटी, चिवतनकी गायत्री शर्मा, ललितपुरका दीपक अर्याल, सल्यानका तिलक खत्री, रोल्पाका जुपिटर कुँवर र बाँकेका देउमल सुनार छन् । नवनियुक्त स्काउटका संयोजक रबिन दाहालले आगामी दिनमा स्काउटलाई हाम्रो र राम्रो स्काउटको परिचय बनाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

